![]() |
AWARDED FOR TOPPERS (SEE Graduates) from MAAF |
TRANSLATE OWN YOUR LANGUAGE
Wednesday, July 18, 2018
Monday, June 25, 2018
Tuesday, April 10, 2018
Monday, April 2, 2018
Tuesday, March 27, 2018
शब्दालय नेपालको सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम
काठमाडौँ,- शब्दालय नेपाल चाबहिल, काठमाडौँले २०७४ सालको सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम विविध मनोरञ्जनात्मक प्रस्तुतिसहित भव्य रुपले सम्पन्न गरेको छ ।
आफ्नो छुट्टै प्राज्ञिक
स्तर निर्माण गर्दै गरेको काठमाडौँको चाबहिल, लामपोखरीस्थित शब्दालय नेपाल
स्कुलले चैत्र ३ गते विभिन्न अतिथि, अविभावक, संस्थापक तथा विद्यार्थीहरूको
उपस्थितिमा करिब ४ घन्टाको कार्यक्रम प्रस्तुत गरेको छ । विभिन्न
व्यक्तित्वहरूको आसनग्रहण, पञ्चकन्याबाट दीप प्रज्वलन, राष्ट्रिय गान र
स्वागत गीतबाट अगाडि बढेको कार्यक्रममा स्कुलका नर्सरीदेखि कक्षा १० सम्मका
विद्यार्थीहरूका नृत्य र गायन प्रस्तुतिले उपस्थित सबैलाई मनोरञ्जन
दिलाएको हो । विशेषतः हरेक फरक प्रस्तुतिबाट उपस्थित अभिभावकहरूलाई प्रशस्त
मनोरञ्जन दिलाउन सफल कार्यक्रममा ससाना नानीहरूले देखाएका कला र गायन
हेर्दा अभिभावकहरू बढी हौसिएका थिए । विद्यार्थीहरूले होइ च्याङ्वा, सुर्के
थैली खोई, माया माया, शिरसाया हेगु, चरी चट्ट परीलगायतका गीतमा सुन्दर
नृत्य प्रस्तुत प्रस्तुत गरेका छन् । विद्यार्थीहरूका राइम्स, ट्राफिक दाइ,
गाजलु ती ठूला ठूला आँखा, बनेको छ पहराले, अर्केष्ट्रालगायतका गायनले पनि
प्रशस्त मनोरञ्जन दिलाउन सके ।
वार्षिक खेल र वर्षभरिका विशेष मूल्याङ्कनका आधारमा विभिन्न पुरस्कार
प्रदान गरेको सो कार्यक्रमका विशेष अतिथि माननीय सभासद् तथा अभिभावक समीना
हुसेनले विदालयले आफ्ना नानीहरू विद्यालयका पठनपाठन र अन्य क्रियाकलापमा
धेरै खुसी रहेको कुरा व्यक्त गर्नुभयो । विद्यालयका हरेक गतिविधिमा आफू
जानकार भएको कुरा गर्दै आफूले विद्यालयका राम्रा लक्ष्य र भावी योजनाहरूमा
सधैँ साथ दिने कुरा राख्नुभयो । विदालयका प्रिन्सिपल भावेश भुमरीले
विद्यालयले विद्यार्थीहरूको स्तरमा जोड दिने कुरामा कतै कमीकमजोरी हुन
नदिने कुरा व्यक्त गर्दै आगामी दिनहरूमा पनि अभिभावकहरूलाई निरन्तर साथ दिन
आह्वान गर्नुभयो । निकट भविष्यमा नेपालै एक स्तरीय स्कुल बनाउन प्रयासरत
यस स्कुलले कुनै बहानामा नियमविपरीत शुल्क नअसुल्ने कुरामा पनि भुमरीले जोड
दिनुभयो । कार्यक्रमको सभापतित्व गर्नुभएका विद्यालयका घरधनी तथा ज्येष्ठ
नागरिक न्हुछेरत्न शाक्यले विद्यालयका प्रतिभावान दुई विद्यार्थीलाई जनही
पाँच पाँच हजार नगदको छात्रवृत्ति पनि प्रदान गर्नुभयो ।
कार्यक्रममा कक्षा १० मा अध्ययनरत सी परीक्षामा सामेल हुन जाँदै गरेका
विद्यार्थीहरूलाई विदाइ पनि गरियो ।
Subscribe to:
Posts (Atom)